बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • पक्किपुल बनेन, बेलीब्रिज बगायाे, तुइनकाे साहारा

पक्किपुल बनेन, बेलीब्रिज बगायाे, तुइनकाे साहारा

  • आइतवार, भदौ ७, २०७७
पक्किपुल बनेन, बेलीब्रिज बगायाे, तुइनकाे साहारा

निमेन्द्र शाही — बाजुरा जिल्लाको तराई संग जोड्ने मुख्या साहारा स्थानियले आफै निर्माण गरेको तुईन बनेको छ। २०६४ सालमा २२ दिनको आन्दोलन पछि प्राप्त गरेको साँफे मार्तड सडक खण्डको बेलीब्रीज साउँन २५ गतेको बाढीले बगाए पछि गाडी गुडीरहेको सडक गोरेटाेमा परीणत भएको छ । प्रेदेश राजधानी र जिल्ला बाहीर जाँन अहिले तुईनको साहारा लिनु परेको हो।
बाजुरा जिल्लामा साउँन एक गते बाट आज सम्म जिल्ला भरीका बर्षाद संगै गएको बाढी पहिरोले चार सय ५४ जना बिस्थापित भएका छन्। एक जनाको मृत्यू एक जनाको उपचार पछि घर फर्केका र एक जना बेपत्ता रहेका छन्। ६१ घर पुर्ण रुपमा क्षेती, २३ घर आम्सीक क्षेती र ६० घरधुरी बिस्थापीत भएको कुरा बिपद ब्यवस्थापन भएका छन्। बर्षाद संगै आएको बाढीका कारण एक पक्की पुल एक बेलीब्रीज, पाँच झुलुङ्गे पुल र १५ काठेपुल बगाएको छ।
‘१५ दिन अगाडी गाडीमा गुडेर जाँन पाएका थिएनौ, अहिले तुुइनकोे यात्रा गर्नुपर्ने बाध्ययता भएको छ । त्यो पनि स्थानियहरुले आफैले खर्च गरेर यती बनाएका कारण केही समस्या समाधान भएको छ।’ सदरमुकाम बाट खप्तड छेडदह गाउँपालिका जाँदै गरेका जयबहादुर ओलीले भने।
बाजुरा जिल्लाको साफे-मार्तडी सडक अन्तरगत बुढिगंगा नदिको बेलीबृज बगाए पछी अहिले सो ठाउँमा तुइनबाट आवत जावत हुने गरेको छ । ‘बडिमालिका नगरपालिका-६ जडाङ्गाको बुढीगंगा नदि माथि स्थानीयको सक्रियतामा तुइन बनाएका हुनु । स्थानयि १५ जनाले आफै रकम खर्चेर यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेवा दिएकको छौं।’ स्थानिय परे बडुवालले बताएकका छन ।
दैनिक जोखिम मोलेर तुइनबाटै आउजाउ गर्दा निकै जोेखीम मोेल्नु परेको बडिमालिका नगरपालिका ९ का राम बहादुर बिकले बताए । ‘पुल नहुँदा तुइनबाटै वारपार गर्न निकैै जोेखीम रहेको छ।, हामी बिरामी लिन जादैछौ फेरी बिरामीलाइ कसरी ल्याने होला सरकारले यहाँ चार बर्षदेखी निर्माणाधिन पक्की पुल चाँडो बनाई दिए सेवा पाउँने थियौं।’
बुढिगंगा नदीमा खसिने पो हो कि भनेर डर लाग्छ तर सदरमुकाममा काम परिहाल्छ नजाउ भने पनी समस्या जाउँ भने तुइनको जोखीम बुढिगंंगाका एक स्थानीयले बताए । स्थानीय चन्द्र बडुवालले भनेः‘हामीलाई सदरमुकाम आउन र जान यही तुइन चढ्नुको विकल्प छैन।,तुइन चुडिने हो कि भन्ने डरले सताउ छ ।’
तुइन संचालक लछि खड्काले भने हामीले तुइन जोखीममा चलाइरहेका छौ हामी प्रति ब्यक्ती ५० रुपैया लिन्छौ तर मान्छेको ज्यान गएमा ५० लाख तिर्नुपर्ने जोखीम रहेको बताए । तुइनबाट जोखिमपूण तरिकाले वारपार गर्नुपर्ने बाध्यता त छदैछ यता तुइन संचालन गरेका स्थानीय बासिन्दालाई पनी उत्तीकै जोखीम रहेको बताए ।
चार बर्ष पहिले हालकै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो निणर्यका रूपमा दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो तर बाजुराको बुढीगंगा नदिमा बन्न शुरु भएको चार बर्ष सम्म समेत पक्की पुल निर्माण नहुँदा स्थानियले यो सास्ती झेल्नु परेको हो ।

चर्चामा

सम्बन्धित समाचार