शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बयलपाटमा स्वास्थ्यकर्मी कोराना संक्रमित भएपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा

बयलपाटमा स्वास्थ्यकर्मी कोराना संक्रमित भएपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा

  • शनिबार, भदौ ६, २०७७
बयलपाटमा स्वास्थ्यकर्मी कोराना संक्रमित भएपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा

बाजुरा — अछामको बयलपाटा अस्पतालमा स्वास्थ्यकर्मी र बिरामी कोरोना संक्रमित भएपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा रहेको छ । शुक्रवार बयलपाटा अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना देखा परेका छ ।
अछामको बयलपाटा अस्पतालमा बाजुरा बाट दैनिक ५० जना भन्दा बढि बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामी कोरोना संक्रमित भएपछि बाजुरामा पनि जोखिम बढेको बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खडकाले वताएका छन् ।
बाजुराका तल्लो क्षेत्रका ५ स्थानिय तहका सबै भन्दा बढि बयलपाटा अस्पतालमा उपचार जाने गरेका छन् । दैनिक जसो बाजुरा बाट उपचारका लागि जाने गरेका छन्, अस्पतालका स्वास्थ्यकर्मीनै कोरोना संक्रमित भएपछि बाजुरामा पनि जोखिम बढेको बुढिगंगा नगरपालिका १० का वडा अध्यक्ष धर्मराज जैशीले वताएका छन् ।
बुढिगंगा, त्रिबेणी, बडिमालिका नगरपालिका, गौमुल र खप्तडछेडेदहका गाँउपालिका अधिकांश बिरामी बयलपाटा अस्पताल जाने गरेका छन् । जिल्ला अस्पताल बाजुरा र स्थानिय स्वास्थ्य चौकीले उपचार हुन नसकेको बिरामी बलयपाटा पठाउने गरेको छ । त्रिबेणी, बुढिगंगा नगरपालिका र खप्तडछेडेदह गाँउपालिका बाट प्रसुति सेवाका लागि पनि बयलपाटा अस्पताल जाने गरेका छन् ।
बयलपाटा अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल नै सिल गरेको छ । अस्पतालमा दैनिक ३ सय ५० भन्दा बढि बिरामी उपचार गर्ने गरेका छन् । बाजुराका बयलपाटा अस्पताल बाट दैनिक उपचार गरेर घर फिर्ता हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार