शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • पिसिआर परीक्षणमा सरकारको ३ अर्ब खर्च, एक संक्रमित भेटाउन १ लाख चार हजार बढी लगानी

पिसिआर परीक्षणमा सरकारको ३ अर्ब खर्च, एक संक्रमित भेटाउन १ लाख चार हजार बढी लगानी

  • शुक्रबार, भदौ ५, २०७७
पिसिआर परीक्षणमा सरकारको ३ अर्ब खर्च, एक संक्रमित भेटाउन १ लाख चार हजार बढी लगानी

सरकारले कोरोनाभारइसको पिसिआर परीक्षणको लागि ३ अर्ब बढी खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए।

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ। सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।

अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताए।

चर्चामा

सम्बन्धित समाचार