बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा भारत बाट आएका ३९ जनालाइ क्वारेनटाइनमा नराखेर सिधै घर

बुढिगंगामा भारत बाट आएका ३९ जनालाइ क्वारेनटाइनमा नराखेर सिधै घर

  • शुक्रबार, भदौ ५, २०७७
बुढिगंगामा भारत बाट आएका ३९ जनालाइ क्वारेनटाइनमा नराखेर सिधै घर

बाजुराको बुढिगंगा नगरपालिकामा भारत बाट आएकालाई क्वारेनटाइनमा नराखेर घर पठाउने गरेको पाईएको छ । नगरपालिकामा भारत बाट आएका ३९ जनालाई क्वारेनटाइनमा नराखेर घर पठाइएको छ । नगरपालिकाले होम क्वारेनटाइनमा बसिरहेको भनेतापनि होमक्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेका छन् ।
बुढिगंगा वडा नम्बर १० मा १७ जना, वडा नम्बर ९ मा २ जना, वडा नम्बर ८ मा ५ जना, वडा नम्बर ७ मा ५ जना, वडा नम्बर ६ मा १ जना, वडा नम्बर ५ मा २ जना, वडा नम्बर ४ मा ३ जना, वडा नम्बर ३ मा २ जना र वडा नम्बर २ मा १ जनालाई घर पठाएको छ ।
गाँउपनि डुलिरहेका छन्, कुनै चेकजाँच समेत नभएको स्थानियले वताएका छन् । गगन धामिले भने हामि वडा कार्यलयमा गएका हौ, वडा अध्यक्षले घर पठाएपछि घरमा आएको वताए ।
वडा नम्बर १० का वडा अध्यक्ष धर्मराज जैशीले भने भारत बाट आफ्नो वडामा १७ जना आएका कसैलाई पनि क्वारेनटाइनमा नराखेर घर पठाएको वताएका छन् । घरमा होम क्वारेनटाइनमा राख्ने गरी पठाएका हौ, तर कोही क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेको वडा अध्यक्ष जैशीले वताएका छन् । नगरपालिकाले घर पठाउने क्वारेनटाइनमा नराख्ने भनेपछि घर पठाएको वडाअध्यक्षले वताए ।
बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले भने माथि बाट बिद्यालयलाई क्वारेनटाइन नबनाउने निर्देशन आएकाले घरमै होम क्वारेनटाइनमा बस्ने गरी पठाएको वताएका छन् । स्वास्थ्यको निगरानीमा होम क्वारेनटाइनमा बस्ने गरी वडालाई जिम्मा दिएको शाहले वताएका छन् । बिद्यालय भन्दा अरु ठाँउमा क्वारेनटाइन बनाउने ठाँउ नभएकाले पनि होम क्वारेनटाइनमा बस्ने गरी पठाउनु पर्ने बाध्यता भएको नगरपालिकाले वताएको छ ।
बाजुराका अन्य स्थानिय तहले पनि क्वारेनटाइनमा नराखेर सिधै घर पठाउने गरेको छ । उनिहरुको कोरोना चेकजाँच र निगरानी समेत नभएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार