शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा साद्यन्न संकट, बजारमा कालो बजारी

बाजुरामा साद्यन्न संकट, बजारमा कालो बजारी

  • शुक्रबार, भदौ ५, २०७७
बाजुरामा साद्यन्न संकट, बजारमा कालो बजारी

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लामा साउन पहिलो साताबाट खाद्यन्न संकट शुरु भएको छ । उत्तरी क्षेत्रको कोल्टि डिपो र कवाडी डिपो चामल सकिएपछि खाद्य संकट शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।
असार पहिलो साताबाट बर्षाका कारण साँफे मार्तडी सडक खण्ड र स्थानिय सडक अबरुद्ध हुदा खाद्यन्न ढुवानीमा समस्या पनि भएको छ । ठेकेदारले अनुमति पाए अनुसारको चावल ढुवानी नै नगरेपछी बाजुरा जिल्लाको उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउपालिका गरी चार स्थानिय तहमा खाद्यन्न संकट निम्तीएको स्थानिय जयलाल विकले वताए ।
गत आर्थिक बर्ष कवाडी बिक्री केन्द्रमा ३ हजार ५ सय कुईन्टल ढुवानी गर्ने अनुमति पाएको ठेकेदारले २ हजार २ सय कुईन्टल मात्र दुवानी गरेर बिक्रि गरेको छ । बाकी ठेकेदारले नै ढुवानी नगरे पछि जेठ अन्तिम साता देखि नै हिमाली गाउपालिकामा खान्न संकट भएको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए ।
त्यस्तै कोल्टि डिपोको लागि ७ हजार कुईन्टल ढुवानी अनुमती पाएकोमा ठेकेदारले ४ हजार ५ सय कुईन्टल मात्र ढुवानी गरेको छ । भने २ हजार ५ सय कुईन्टल ढुवानी नै नगरी दिएको कोल्टि खाद्यन्न डिपोका प्रमुख नबिन प्रसाद आचार्यले बताए ।
कोरोना महामारीमा लकडाउनले स्थानिय तहले पनि राहात बितरण गर्न खाद्य डिपोबाटै चामल खरिद गरेर लिए । ठेकेदारले अनुमति पाए अनुसारको चावल ढुवानी नै नगरी दिएपछि उत्तरी क्षेत्रका चार स्थानिय तहमा खाद्यन्न संकट भएको डिपो प्रमुख आर्चायले बताए । दिनमा पचास साठि जना भन्दा बढी चामल लिन आउछन सबैलाई रितो हात फर्काउछौ उनले बताए ।
बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रका चार स्थानिय तहको जनसंख्या ५० हजार भन्दा बढी रहेको छ । सबैका घरमा खाद्य संकट भएको छ । मार्तडी डिपोमा पनि ७ सय डिपो जति चामल छ दिनमा एक सय कुईन्टल जति बिक्री हुन्छ बढीमा एक हप्तासम्मको लागि पुग्ने सक्ने नेपाल खाद्य संस्थान बाजुराले जनाएको छ ।
बजारमा पनि तीन चार महिना पहिले ढुवानी गरेको चामल ग्यास लगाएतको दैनीक उभोग्य सामानको मूल्य आकासीएको छ । बजारमा कालोवजारी पनि बढदै गएको छ । बजारमा १८ सय मूल्यमा पाईने चामलको २५ सय अनि १८ सय पर्ने ग्यासको ३ हजारसम्म पर्नेे गरेको छ । चार पाच महिना पहिले नै ल्याएको सामानको गुणस्तरमा नै प्रश्न उठ्ने कुरा छ त्यसैलाई पनि बाटो बन्दका नाममा ब्यापारीहरुले मनोमानी रुपमा मुल्य लिने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे भने उत्तरी क्षेत्रमा चामल हवाइ ढुवानी गर्नका लागि पहल भइरहेको वताएका छन् । कोल्टि डिपोमा २ हजार कुन्टल चामल हवाइ ढुवानीका लागि केन्द्रमा पत्रचार गरेको गरिसकेको वताए ।

चर्चामा

सम्बन्धित समाचार