शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गृहमन्त्री बादलसहितको टोली अछाम पुग्दै

गृहमन्त्री बादलसहितको टोली अछाम पुग्दै

  • शुक्रबार, भदौ ५, २०७७
गृहमन्त्री बादलसहितको टोली अछाम पुग्दै

गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र पूर्व मन्त्री भीम रावलसहितको टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि अछाम प्रस्थान गरेको छ।

अछामको रामारोशन गाउँपालिका – ५ कैलाश खोलामा आएको बाढी र पहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको स्थलगत अनुगमनका लागि मन्त्रीहरुसहित नेताहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले मन्त्रीसहितको टोली अछाम पुगिरहेको जानकारी दिए।

टोलीमा राष्ट्रियसभा सदस्य शेर बहादुर कुँवर र तारामान स्वाँर, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू दिपक साउँद, केशर बहादुर साउँद लगायत सहभागी छन्।

कैलाश खोलामा आएको बाढीमा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्। बाढीले २२ घर बगाउँदा कैयौँ परिवार घरबारबिहीन बनेका छन्।

चर्चामा

सम्बन्धित समाचार