गजल!
गरिबहरूको जिवन धनिको खेल भयो,
जन्मे देखुन पसिना आसुको भेल भयो।
कामपनि मिल्दैन देशमा छैन कुनै श्रोत,
कथामा मात्रै ता जहाज अनि रेल भयो।
सरकारले बनाउँदैन देश आत्म निरभर,
राहदानी पाउँन युवाको पेला पेल भयो।
भ्रष्टचार फैलियो महिँगीको मार मा देश,
निर्दोश जनता राख्नलाई यो जेल भयो।
खै नियम कानुन कागज को कथा मात्रै,
अप्राधी र बलत्कारी सदैभरी बेल भयो।
देशै भरी बाडि पहिरो,कोरोना को कहर,
सरकार को कुर्ची लोभमा ओझेल भयो।
भन्छौ समाजवाद अन्मुखनै छ ब्यबस्था,
उल्टोछ ब्यबहार त्यसैले ता वे-मेल भयो।
सुरेशकुमार पान्डे।