बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

  • बिहिबार, भदौ ४, २०७७
नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

काठमाडौं उपतयकामा मात्र आज २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार