शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ३
  • उपत्यकामा ७२५ आइसोलेसनमा, ५६ जना आईसीयू र ६ संक्रमित भेन्टिलेटरमा

उपत्यकामा ७२५ आइसोलेसनमा, ५६ जना आईसीयू र ६ संक्रमित भेन्टिलेटरमा

  • बिहिबार, भदौ ४, २०७७
उपत्यकामा  ७२५ आइसोलेसनमा, ५६ जना आईसीयू र ६ संक्रमित भेन्टिलेटरमा

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा कोरोना संक्रमित सात सय ८७ जना उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार सात सय ८७ मध्ये ७२५ जना आइसोलेनमा, आईसीयूमा ५६ जना र भेन्टिलेटरमा ६ संक्रमित उपचाररत छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ जना कोरोना संक्रमित उपचाररत रहेको मन्‍त्रालयका सह-प्रवक्ता समीर अधिकारीले जनाएका छन् । जसमध्ये आइसोलेनमा ३१ र आईसीयूमा १५ जना संक्रमित उपचाररत छन् ।

बलम्बुस्थित सशस्‍त्र प्रहरी अस्पताल १२९ संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेनमा ११८, आईसीयू १० जना र भेन्टिलेटरमा एकजना उपचारत रहेको अधिकारीले जनाए ।

त्रिवि शिक्षण अस्पतालमा ५७ जना उपचाररत छन् । तीमध्ये आइसोलेसनमा ५० र आईसीयू सातजना उपचाररत छन् ।

पाटन अस्पतालमा ९३ जना उपचाररत छन् । जसमा आइसोलेनमा ८३ जना, आइसीयू सात र भेन्टिलेटरमा तीनजनाको उपचार भइरहेको छ ।

कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसनमा १४१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । केएमसी अस्पताल दुवाकोटमा ३७ जना उपचाररत छन् । जसमध्ये आइसोलेनमा ३४ र तीनजना आईसीयूमा उपचाररत छन् । ह्‍याम्स अस्पताल मन्डिखाटारमा ३७ संक्रमित उपचाररत छन् । जसमा आइसोलेनमा २७ जना र १० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ग्रान्डी अस्पतालमा ६ संक्रमित उपचाररत रहेकामा चारजना आइसोलेनमा तथा आईसीयूमा दुईजना छन् । वीरेन्द्र अस्पतालमा ४३ संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेनमा ४२ र एकजना आईसीयूमा उपचाररत छन् ।

नेपाल प्रहरी अस्पतालको आइसोलेसनमा १९८ जना संक्रमित उपचाररत छन् । जसमा आईसीयूमा तीनजना छन् । लक्षणविहीन कोरोना संक्रमितलाई अस्पतालमा नराखिने केही दिनअघि नै मन्त्रालयले सूचना जारी गरेको थियो । वाग्मती प्रदेशमा १११ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

चर्चामा

सम्बन्धित समाचार