• होमपेज
  • समाज
  • विवाहमा सात जनामात्रै सहभागी हुन पाइने

विवाहमा सात जनामात्रै सहभागी हुन पाइने

  • बिहिबार, भदौ ४, २०७७
विवाहमा सात जनामात्रै सहभागी हुन पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेला विवाहका लागि सात जनामात्रै सहभागी हुन पाइने बताएको छ। प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर सात जनामात्रै सहभागी हुन पाउने उल्लेख गरेका हुन्।

काठमाडौं उपत्यकाभित्र गएराति १२ बजेदेखि निषेधाज्ञा छ। कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि निषेधाज्ञा लगाइएको हो। अत्यावश्यक कामबाहेक मानिसहरूलाई घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार