शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज १० जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, भदौ ३, २०७७
सुदूरपश्चिममा  आज १० जनामा कोरोना संक्रमण पुष्टि

बुधवार सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा र धनगढी प्रयोगशालामा भएको परीक्षण १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार डोटीका चार, कैलाली र अछामका तीन÷तीन जनामा संक्रमण देखिएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ।

चार सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा अछामको मेल्लेख गाउँपालिकाका तीन जना, डोटीको सायल गाउँपालिकाका दुई जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भने आज निकै कमको कोरोना परीक्षण भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ७१ जनाको मात्रै कोरोना परीक्षण भएको बताए।

७१ ज्नाको परीक्षण गर्दा कैलालीका तीन जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ४ की २५ वर्षीया महिला, गौरीगंगा नगरपालिका वडा नम्वर ९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका वडा नम्वर ४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८६ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा ८ सय ८५, अछाममा सात सय ४०, बाजुरामा ५ सय ७७ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये झण्डै ८३ प्रतिशत अर्थात चार हजार दुई सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार