शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

  • बुधबार, भदौ ३, २०७७
बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता

लगातारको बर्षा संगै बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती १स्१५ बजे पहिरो गएको छ । पहिरोमा परि ३ जना घाईते भयका छन भने २ जना बेपत्ता भयका छन । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यलय बझाङ ले जनाएको छ । घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको हो ।

नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका ३ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन ।

पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ बर्षकि छोरी सुनिता र १२ बर्षकि टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भयका छन । घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन । सुदिप केहि दिन अघि आफ्नो फुपुको घरमा आएका थिए ।

दुबै जनाको खोजि कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङ का डिएसपि गणेश बमले बताए । पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानिय सुरेश कुवरले बताएका छन् ।एक हप्ता अघि मात्रै यहाँका स्थानि बासिन्दाहरूले मुचुल्का सहित आफुहरू जोखिममा रहेको भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारि समेत गरेको उनले बताए ।

गाँउ माथि खोल्लेख लुएटि सडक खन्ड बाट पहिरो गएको स्थानीय ले जनाईका छन् । अनिले बेपत्ता भएकाहरूको खोजि कार्य गर्न स्थानि, नेपाल प्रहरि र नेपालिसेना लागिपरेका डिएसपि बमले बताए ।उनका अनुसार ठुलठुला ढुङ्गा भएका कारण उद्दार गर्न समेत समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार