शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

  • बुधबार, भदौ ३, २०७७
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

यसैगरी धादिङको निलकण्ठ नगरपालिका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ भने उनी क्षयरोगी थिए ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७२ वर्षीय पुरुष र मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार