सोमवार, साउन ११, २०७८
  • होमपेज
  • समाज
  • बिश्वबिख्यात रक्तदाता अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित

बिश्वबिख्यात रक्तदाता अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित

  • मङ्लबार, भदौ २, २०७७
बिश्वबिख्यात रक्तदाता अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित

बिश्व बिख्यात रक्तदात अर्जुन प्रसाद मैनालीकाे ११ भाषाकाे बायाेग्राफी प्रकाशन हुने भएकाे छ ।  १ सय ८२ पटक रक्तदान गरिसकेका न्युयोर्क निवासी प्रेरणादायी व्यक्तित्व अर्जुन मैनालीको बायोग्राफी ११ भाषामा प्रकाशित हुने भएको छ । १ सय २० पृष्ठको उक्त पुस्तक आगामी साता सार्वजनिक हुने जनाइएको छ ।

एउटै पुस्तकमा नेपाली, मैथिली, थारु, तामाङ, नेपाल, मगर, लिम्बु, गुरुङ, शेर्पा, संस्कृत र अँग्रेजी भाषामा बायोग्राफी प्रकाशित हुने भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपालले प्रकाशन गर्ने उक्त पुस्तकको सम्पादन मचाकाजी महर्जनले गरेका छन् ।

मैनाली पहिलोपटक सन् १९८७, अगस्त २० मा १९ बर्षको उमेरमा रक्तदान गरेका थिए । पहिलोपटक रक्तदान गरेकै मितिमा पुस्तक प्रकाशन हुन लागेको हो । त्यसयताका झण्डै ३३ बर्षमा मैनालीले १२५ पटक होल ब्लड र ५७ पटक प्लेटलेसगरी १८२ पटक रक्तदान गरिसकेका छन् ।

मैनालीले ६ वटै महादेशका १७ वटा देशहरुमा पुगेर रक्तदान गरेका छन् । उनले रक्तदानकै लागि सबैभन्दा लामो २२ घण्टाको न्युयोर्कदेखि सिड्नीसम्मको हवाईयात्रा गरेका थिए । अमेरिकाका विभिन्न १४ राज्यमा पुगेर उनले रक्तदान गरेका छन् ।

अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा गरेको योगदानको कदरमा ओयस्टर बे टाउनले अर्जुन मैनाली डे आयोजना गरेर सम्मान समेत गरेको थियो । न्युयोर्कमा मैनाली विश्व रक्तदाताका रुपमा चर्चित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार