बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन

डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन

  • मङ्लबार, भदौ २, २०७७
डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन

 जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन्।

अव सुदूरपश्चिम प्रदेश धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुनेछ। उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहि मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए।

पीसीआर मेसिन जडानका लागि सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोली डोटी पुगेको थियो।

गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको थियो। तर बैतडीमा भने अझै प्रयोगशाला स्थापना भएको छैन्।

चर्चामा

सम्बन्धित समाचार