बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रवास
  • अधुरै रह्यो मंगलराजको स्वदेश फर्किने सपना

अधुरै रह्यो मंगलराजको स्वदेश फर्किने सपना

  • सोमवार, भदौ १, २०७७
अधुरै रह्यो मंगलराजको स्वदेश फर्किने सपना

घर फर्किन भदौ १ को पर्खाइमा थिए तनहुँ घरभइ युएईमा कार्यरत मंगलराज श्रेष्ठ । तर उनको अघिल्लो साता युएईमै मृत्यु भयो । श्रेष्ठसहित अर्को एक नेपालीको समेत सारजाहमा मृत्यु भएको छ । श्रेष्ठको पहिचान भए पनि अर्का एकजना नेपालीको भने पहिचान नखुलेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । शरीरको विभिन्न ठाँउमा चक्कु प्रहार भएकाले उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दूतावासले जनाएको छ । घट्नाबारे स्थानीय संचार माध्यमले खबर सार्वजनिक गरेका थिए ।

एक साताअघि घट्नाबारे जानकारी पाएपछि दूतावासले स्थानीय प्रशासनमार्फत थप जानकारी लिएको थियो । घट्ना गत साउन २४ गते भएको हो । बहराइनमा काम गरिरहेका मंगलराज रोजगारी खोज्दै युएई आएका थिए। यहाँ काम गरिरहेका उनी नेपाल फर्कने तयारीमा थिए । भदौ १ मा नेपाल फर्कन लागेका श्रेष्ठ सदाका लागि यूएईमै अस्ताए। स्थानीय प्रसाशनले घट्नाका बारेमा अनुसन्धान गरिरहेकाले थप विवरण खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार