बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • ” वैकल्पिक सिकाइ अन्तर्गत भर्चुअल अन्तरक्रिया त्रिविका विध्यार्थीहरू माझ लोकप्रिय बन्दै”

” वैकल्पिक सिकाइ अन्तर्गत भर्चुअल अन्तरक्रिया त्रिविका विध्यार्थीहरू माझ लोकप्रिय बन्दै”

  • आइतवार, साउन ३२, २०७७
” वैकल्पिक सिकाइ अन्तर्गत भर्चुअल अन्तरक्रिया त्रिविका विध्यार्थीहरू माझ लोकप्रिय बन्दै”

विगत करिब ५ महिना देखिको बनदाबन्दीले गर्दा सिङ्गो शिक्षा क्षेत्र नै नराम्ररी प्रभावित भएको देखिन्छ। पछिल्लो समय सरकारले बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेतापनि कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको छ। कतिपय जिल्लाहरूले फेरि लकडाउन सामना गरिरहेका छन्, अझै विकराल अवस्था आउन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले सम्पूर्ण नागरिकहरूलाई सु-सूचित गरिरहेका छन्। यदि सङ्क्रमणको खतरा यथावत रहनेहो र वैकल्पिक सिकाइलाई जोड नदिने हो भने विध्यार्थीहरू मनोवैज्ञानिक र बौद्दिक तवरले पछाडि धकेलिने कुरा छर्लङ्ग देखिन्छ। यस सन्दर्भमा त्रि वि ले अझैपनि कुनै शैक्षिक कार्यक्रम अगाडि ल्याउन सकेको छैन जसले गर्दा अधिकांश विध्यार्थीहरू निरूत्साहित भइरहेको पाइन्छ।

विभिन्न विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विधार्थीहरु अन्यौलमा रहदै गर्दा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र स्नातकोत्तरमा अध्ययन गर्ने देशभर छरिएर रहेका विध्यार्थीहरूको छाता संगठन ‘रसायनशास्त्र विद्यार्थी संगठन नेपाल’ (सिसान) ले भने वैकल्पिक सिकाइको रूपमा विगत १६ हप्तादेखि ‘साप्ताहिक अनलाईन अन्तरक्रिया’ कार्यक्रम गर्दै आएको छ। यसप्रकारको भर्चुअल अन्तर्क्रिया कार्यक्रमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि हजारौको सङ्ख्यामा लाभ लिएको कुरा संस्थाका महासचिव आकाश घिमिरेले जानकारी गराउनुभयो।

कार्यक्रमको १६ औ शृङ्खला:

साप्ताहिक रूपमा हरेक शनिवार हुने उक्त कार्यक्रमको १६ औं शृङ्खला हिजो साउन ३१ गते सम्पन्न भएको छ । लग्भग २ घण्टा चलेको उक्त अन्तरक्रिया कार्यक्रममा २०० को हाराहारीमा उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख वक्ताको रूपमा अमृत साइन्स क्याम्पस रसायनशास्त्र विभागका उपप्राध्यापक डा. देवल प्रसाद भट्टराई ज्यु ले “Current Research Trend In Chemistry” विषयमा बोल्नुभएको थियो। चोनबुक नेशनल युनिभर्सिटी, दक्षिण कोरिया बाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. भट्टराईले विषयवस्तुको वरिपरि रहेर सरल ढङ्गबाट आफ्नो विज्ञता प्रस्तुत गर्नुभयो।

उक्त विषयवस्तु सम्बन्धित उठेका आधा दर्जन बढी प्रश्नहरुको जवाफ उहाँले दिनुभएको थियो। कार्यक्रममा रिकास्ट का कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारी, त्रि वि प्राध्यापक सङ्गठन विश्वविद्यालय क्याम्पस का अध्यक्ष प्रा. डा. मोतिलाल शर्मा, त्रिचन्द्र बहुमुखी क्याम्पस का सह प्राध्यापक सुरेन्द्र कुमार गौतम र युनिग्लोब कलेज रसायनशास्त्रका लेक्चरर् जया राम घिमिरे को विषेश उपस्थित रहेको थियो र उहाँहरुले पनि छोटकरीमा आ-आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। देशका विभिन्न क्षेत्रमा रसायनशास्त्र अध्यापन गराउदै आउनुभएका अन्य विज्ञहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु, केमेस्ट्री, फिजिक्स, माइक्रोबायोलोजी, वायोटेक्नोलोजी तथा फार्मेसीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । विकास निरौला, सौरभ कटुवाल, राजेन्द्र जोसि र आकाश घिमिरेको को प्राविधिक रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य अभिमान जंग विष्ट ले डा. भट्टराईको सर्ट बायो राख्नुभयो भने सदस्य प्रतिमा खड्का ले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाकी सदस्य परिक्षा कार्कीको सञ्चालन र अध्यक्ष याम रोका मगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो। सरकारले लकडाउन अन्त्य घोषणा गरेतापनि संस्थाले जुम सफ्टवेयर मार्फत सञ्चालन गरिरहेको ‘साप्ताहिक अन्लाईन अन्तरक्रिया’ कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष मगरले जानकारी गराउनुभयो। यसमा थप्दै उहाँले भन्नुभयो ” स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थीका लागि विज्ञहरुसँग हरेक हप्ताको भर्चुअल बसाइँ निकै प्रभावकारी बन्दै गएकोले अन्तरक्रियालाई आगामी दिनहरुमा पनि निरन्तरता दिदैछौं ।”

चर्चामा

सम्बन्धित समाचार