शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम सरकारको प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको महासंघद्वारा विरोध

सुदूरपश्चिम सरकारको प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको महासंघद्वारा विरोध

  • शनिबार, साउन ३१, २०७७
सुदूरपश्चिम सरकारको प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको महासंघद्वारा विरोध

सुदूरपश्चिम सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन छलफलविनै पारित गरेको विधेयकको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विरोध गरेको छ। एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानले व्यवस्था गरेको मर्म तथा स्वतन्त्र प्रेसको मान्यता, सिद्धान्त र व्यवहार विपरित रहेको भन्दै महासंघले आपत्ति जनाएको हो।

शनिबार महासंघले उक्त विधेयकबारे छलफल गरेको छ। छलफल पश्चात महासंघले उक्त विधेयक प्रदेश सभामा दर्ता भएको बेलादेखि नै आफुहरुले ध्यानाकर्षण गराएको तर सबै दल मिलेर अहिले उक्त विधेयक पारित गरेर सम्पूर्ण प्रेस जगतलाई अचम्मित गरेको जनाएको छ।

छलफलपछि विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले उक्त विधेयक संशोधनमा लागि दवावमुलक कार्यक्रम आयोजना गर्ने जनाएको छ। पत्रकार नियन्त्रणमुखी विधेयक संशोसन गर्न साउन ३२ गते ९ वटै जिल्ला शाखाहरुले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, प्रदेश समितिको अगुवाईमा सभामुखसम्बद्ध पक्षलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउने र विधेयकका प्रावधानले पार्न सक्ने असरबारे नागरिक संघसंगठनहरुसँग छलफल गर्ने निर्णय गरेको महासंघका महासचिव योगेन्द्र रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार