शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

  • शनिबार, साउन ३१, २०७७
बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं । जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।
थोसम मुलरले चौथो मिनेटमै गोल गरेर बार्यनलाई १–० को अग्रता दिलाए । बार्सिलोनाले सातौं मिनेटमा अल्बाको गोलबाट बराबरी गर्यो । त्यसपछि भने बार्सिलोना बायर्नको अगाडि निकै निरीह देखियो ।
बायर्नका लागि २१ औं मिनेटमा इभान पेरिसिकले र २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गरे । यसरी पहिलो हाफमा बायर्न ४–१ ले अगाडि रह्यो ।
५७ मिनेटमा बार्सिलोनाका लागि सुअरेजले एक गोल गरे र खेललाई ४–२ को अवस्थामा पुर्याए ।
बायर्न भने रोकिएन । उसले फेरि चार गोल थप्यो । ६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरे ।
यसरी बायर्नसँग ८–२ ले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलबाटै बाहिरियो ।
सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो ।
यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार