बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अस्पताल बाजुराका स्वास्थ्यकर्मीले शुरु गरे अस्पताल परिसर सरसफाई

अस्पताल बाजुराका स्वास्थ्यकर्मीले शुरु गरे अस्पताल परिसर सरसफाई

  • शुक्रबार, साउन ३०, २०७७
अस्पताल बाजुराका स्वास्थ्यकर्मीले शुरु गरे अस्पताल परिसर सरसफाई

जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाजुराको परिसरमा सरसफाइ शुरु गरेका छन् । अस्पताल परिसर फोहोर भएर बिरामीलाई तथा स्वास्थ्यकर्मीलाई असहज हुने भएकाले अस्पताल परिसर सरसफाई शुरु गरेको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।


प्रत्येक हप्ताको शुक्रवार बिहान अस्पताल परिसर सफा गर्ने गरेका छन् । सरसफाई अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अस्पताल ब्यबस्थापन समितिको सहभागितामा अस्पताल सरसफाई हुने गरेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताएका छन् ।


अस्पतालमा बिरामी भएर उपचार गर्न आउछन्, उल्टै अस्पताल नै दुर्गन्धित भएपछि अस्पतालको बातावरण समेत दुर्गन्धित हुने भएकाले आफै स्वास्थ्यकर्मी जुटेर सरसफाई गर्ने गरेको अस्पतालमा कार्यरत स्टाफ नर्स धर्मा रोकायाले वताएकि छन् । जिल्ला अस्पताल बाजुरामा ५० शैयाको नयाँ भवन निर्माण हुन लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार