शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • चार दिनसम्म सम्पर्क बिहीन महिला अछामको कालिमाटी स्थित बुढीगंगा नदि छेउमा मृतक फेला

चार दिनसम्म सम्पर्क बिहीन महिला अछामको कालिमाटी स्थित बुढीगंगा नदि छेउमा मृतक फेला

  • शुक्रबार, साउन ३०, २०७७
चार दिनसम्म सम्पर्क बिहीन महिला अछामको कालिमाटी स्थित बुढीगंगा नदि छेउमा मृतक फेला
फाईल तस्बीर

बाजुरा– त्रिबेणी नगरपालिका ८ कालापानी स्थित बुढीगंगा नदिको छेउमा मृक्तक फेला परेकी बालिकाकी आमा अछाम जिल्लाको साफेबगर नगरपालिकाको कालिमाटी नजिक भिउढुंगा भन्ने स्थानमा बुढीगंगा नदिछेउमा मृक्तक फेला परेकी छन् ।
मृक्तक बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी सात महिना छोरी रितु लुहार रहेकी थिईन भने उनकी आमा २५ बर्षिया उज्जला देबी लुहार सोही दिन देखी बेपत्ता रहेकी थिईन । खोजि गर्दा अछाममा महिलाको लास फेला परेपछि आफन्तलाई पठाएको थियो । आफन्त गएर लासलाई सनाखत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
बालिकालाई स्थानिय ब्यापारीले साउन २७ गते बिहान बालिका मृक्तक देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पछि बार्जुगाड प्रहरी चौकीको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । भने सम्पर्क बिहीन आमाको खोजी कार्य जारी रहेको ठगुन्नाले बताए ।
मृत्तक बालिकाका बाबुका अनुसार २७ गते बिहान आमा र छोरी घरबाट निस्केको र कता गए भन्ने थाहा थिएन । छोरी मृत्तक फेला परेको खबर थाहा पाएको बताएका छन् । आमा पनि सम्पर्कमा नरहेको उनले बताए
सनाखत पछि लासलाई अछाममा नै दाहासस्कार गर्ने भन्ने भएको छ । घटना के कति कारणले भएको अनुसन्धानबाट मात्र थाहा हुने प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
मृक्तक महिलाका भाईले ज्यान सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएको छ अनुसन्धान थालिएको उनले बताए । घटनाको प्रकृत्ति हेर्दा घर झगडाका कारण आमा छोरीले नदिमा हाम फालेको हुनसक्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार