शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • उद्योग बाणिज्य संघ बाजुराले बाढी पिडितका लागि राहत संकलन शुरु

उद्योग बाणिज्य संघ बाजुराले बाढी पिडितका लागि राहत संकलन शुरु

  • शुक्रबार, साउन ३०, २०७७
उद्योग बाणिज्य संघ बाजुराले बाढी पिडितका लागि राहत संकलन शुरु

उद्योग बाणिज्य संघ बाजुराले बाजुराका बाढी पिडितका लागि राहत संकलन शुरु गरेको छ । सदरमुकाम मार्तडीमा रहेका ब्यापारि, सरकारी कार्यलय तथा गैर सरकारी कार्यलयमा राहत संकलन शुरु गरेको उद्योग बाणिज्य संघ बाजुराका सदस्य हंश बहादुर सिंहले बडिमालिका खबरलाई बताएका छन् ।
उद्योग बाणिज्य संघ बाजुराले बुधवार देखी राहत संकलन शुरु गरेको छ । अहिले सम्म नगद ८५ हजार, खाद्यन्न लुगाकपडा लगायतका राहत सामाग्रि गरि १ लाख ५० हजार भन्दा बढिको राहत संकलन भएको उद्योग बाणिज्य संघ बाजुराले बताएको छ ।
आईतवार राति आएको बाढि र पहिरोले बाजुरामा ठुलो धनजनको क्षति पुयाएको छ भने दर्जनौ घर बगाएको छ । संकलन गरेको राहत सबैको सहकार्यमा बाढीपिडितलाई बितरण गर्ने उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । बिपत्तीमा परेकालाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले राहत संकलन अभियान शुरु गरेको बजार ब्यबस्थापन समितीका अध्यक्ष चक्र मल्लले वताएका छन् ।
बडिमालिका नगरपालिका २ घागर र गौमुल गाँउपालिका १ सिममा दर्जनौ घर बुढिगंगा नदिले वताएको छ भने अन्य ठाँउमा पनि धेरै परिवार बिस्थापित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार