शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगा नदिमा मृत्तक बलिकाको लास सनाखत भयो, आमा सम्पर्क बिहिन

बुढीगंगा नदिमा मृत्तक बलिकाको लास सनाखत भयो, आमा सम्पर्क बिहिन

  • मङ्लबार, साउन २७, २०७७
बुढीगंगा नदिमा मृत्तक बलिकाको लास सनाखत भयो, आमा सम्पर्क बिहिन
फाइल फोटो

बाजुरा २७ साउन– त्रिबेणी नगरपालिका ८ कालापानी स्थित बुढीगंगा नदिको छेउमा मृत्तक बालिकाको सनाखत भएको छ । मृत्तक बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी सात महिना छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
स्थानिय ब्यापारीले बिहान बालिका मृत्तक देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पछि बार्जुगाड गई प्रहरी टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा सनाखत भएको ठगुन्नाले बताए ।
मृत्तक बालिकाका बाबुका अनुसार आज बिहान आमा र छोरी घरबाट निस्केको र कता गए भन्ने थाहा थिएन । छोरी मृत्त भएको खबर पाएपछि थाहा पाएको बताएका छन् । आज बिहान देखी बालिकाकी आमा पनि सम्पर्कमा नरहेको बताएको छ । खोजी कार्य भईरहेको प्रहरी निरिक्षक ठगुन्नाले बताए ।

चर्चामा

सम्बन्धित समाचार