बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली नदि : झोलुंगे पुल माथि पानि, आवजावतमा बन्द (फाेटाे कथा)

कर्णाली नदि : झोलुंगे पुल माथि पानि, आवजावतमा बन्द (फाेटाे कथा)

  • मङ्लबार, साउन २७, २०७७
कर्णाली नदि : झोलुंगे पुल माथि पानि, आवजावतमा बन्द (फाेटाे कथा)

लगातर बर्षात र नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेका झोलुंगे पुल माथि पानि बग्न थालेकाे छ  । पुल माथिनै पानि बग्न थालेपछि आवतजावत बन्द गरेकाे स्थानियले वताएका छन् ।

कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । अर्को पुल भन्दा माथिनै पानि पुगेपछि आवतजावतमा निकै समस्या भएको छ । पुलनै बगाउने होकी भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिन्जीवि शाहले वताएका छन् ।

स्वामीकार्तिक गाँउपालिका जाने मुख्य पुल रहेको छ । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेर खच्चर पुल वारपार गर्ने गरेका छन् । चार दिन यता पुल माथि पानि बग्न थालेपछि समस्या भएको स्वामीकार्तिक गाँउपालिका २ का रन्दिप बुढाले वताएका छन् ।


त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानिय प्रभुराज पाण्डेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार