शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बिभाग गठनको जात्रामा पदको ब्यापार

नेपाली काँग्रेस बिभाग गठनको जात्रामा पदको ब्यापार

  • मङ्लबार, साउन २७, २०७७
नेपाली काँग्रेस बिभाग गठनको जात्रामा पदको ब्यापार
समीर थापा ः नेबिसघ नेता

नेपाली कांग्रेस विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग लगायत पदाधिकारी मनोनित गरिसक्नुपर्ने ब्यबस्था छ। नियमित चार वर्षे कार्यकाल सिध्याएर थपिएको एक वर्षे कार्यकालको पछिल्लो छ महिना बाँकी रहँदा देउवाले धमाधम विभिन्न बिभाग मा प्रमुख उपप्रमुख लगायत सदस्य मनोनित गर्नुभयको छ जुन विधि बिधान बिपरित रहेको छ । अहिले बिभाग बिस्तार गर्दा न पार्टी गतिशिल बन्छ नत संगठन नै बलियो अहिले कृयाशिल नवीकरण र बितरण गर्ने बेला मर्ने बेला हरियो काक्रो भने झै बिभाग बिस्तार गर्नु पार्टिलाइ कमजोर बनाउने खेल बाहेक केही पनि देखिन्न। यस्तै खाले हर्कतले प्रसय पाउने हाे भनेआफुलाइ लोकतन्त्र को पहरेदार भन्न रुचाउने हामी ले पार्टी सभापति बाट कांग्रेस गतिशिल र पार्टी नबजिबन पाउने आस सम्म गर्न सकिन्न।
पार्टी मा योग्यता क्षमता लाई कदर नगरी मूर्खतापूर्ण तवरले काम गर्नु पार्टी को लागि दुर्भाग्य नै हो।विभागमा मनाेनित सदस्यकाे अनुहार हेर्दा कतै बाख्रालाई घाडाे लगाए झै त कतै श्राद्धयकाे सालाेकाे अवस्था छ।तिहारमा ज्वाइँ उल्लु भएझै भएका सभापतिकाे महाधिवेशन लक्षित पद उपहार वितरणले लाेकतन्त्रलाई गिज्याई रहेकाे छ।कांग्रेसले पद उपहारमा दिने नव महाराज नभई पद्धति प्रधान पार्टीमा रूपान्तरण गर्ने सारथि खाेजेकाे हाे।अासन्न महाधिवेशनमा पुन: सभापति बन्न विधि ,विधान र लाेकतान्त्रिक सस्कार लाई तिलान्जलि दिदै जब पर्याे राति तब बुढी तातिकाे हर्कतले स्वयम् देउवा र संगठनकाे हकमा विनाश काले विपरीत बुद्धिकाे आभास देखिएकाे छ।
गुनाकाे पगरीरूपि पद बाट विभुषित मान्यवरकाे पदिय ताज बुढानिलकण्ठमा बन्दगि रहेकाे अवस्थामा निस्ठा र नैतिकतामा स्खलित सभापतिकाे हाटबजारी पद वितरणले बनकाे बाघले नखाए पनि मनकाे बाघले सताएकाे देखिन्छ।पद निगाहाकाे रूपमा नभई कर्मकाे पसिनाले सु-शाेभित अलंकारकाे रूपमा प्राप्त गरिने पद्धति नबसाए सम्म महादानी मान्यवर नव महाराज र पद प्राप्त कर्ता रैतिकै रूपमा देखिने भए।
यस्तै पारा र प्रवृतिका महिसाले लाेकतन्त्रकाे बस्त्रहरण गरेका छन्।लाेकतन्त्र त ब्यवहारबाट अनुभुती हुनु पर्छ महामहिकाे काराेवाराेले आन्तरिक लाेकतन्त्र र पार्टी संगठन बलियाे हाेला?कांग्रेस पार्टी सभापति ज्यु विधि बिधान बिपरित लेटर प्याड को दुरुपयोग नगर्नुहोस कांग्रेस पार्टिलाइ बलियो बनाइ कार्यकता लाई संगठित गरौं।कांग्रेस कमजोर हुदाकाे हविगत बाट अनविज्ञ त हुनु हुन्न हाेला।
अन्त्यमा मनोनित हनु भएका सम्पुर्ण नेता गण लगायतहरु लाई हार्दिक बधाइ!अब तपाइहरु को भुमिका के रहन्छ आफ्नो ब्यक्तित्व बिकास वा पार्टी संगठन मजबुद बनाउन?जे भए पनि घरकाे बैठक काेठाकाे भित्ताले इतिहासमा चाहिँ अवश्य ने.का. विभागिय ताज खाेसिएकाे पद प्राप्त गर्याे। जय नेपाल!

चर्चामा

सम्बन्धित समाचार