बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • ताप्रीसेरामा किराना पसल बगायो लाखौको क्षेति

ताप्रीसेरामा किराना पसल बगायो लाखौको क्षेति

  • सोमवार, साउन २६, २०७७
ताप्रीसेरामा किराना पसल बगायो लाखौको क्षेति
फाईल तस्वीर

बाजुरा २६ साउन — आईतबार राति आएको अबिरल वर्षाका कारण बुढीगंगा नगरपालिका २ को ताप्रीसेरामा बुढीगंगा नदिले एक किराना पसल बगाएको छ ।
ताप्रीसेरा बजारमा बिगत लामो समय देखी पसल संचालन गर्दै आएका किसन बिष्टको किराना पसल बगाएको बुढीगंगा नगरपालिक २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
पसल सडकको छेउमा थियो, नदि भन्दा निकै माथि थियो नदि त्या पूग्ला भन्ने कल्पना समेत गरिएको थिएन राति कति खेर बगायो थाहा नै भएन । ब्यापारि बिष्टका परिवार साझ पसल बन्द गरेर ससुराली गएका हुदा मानबीय क्षेति हुन बाट जोगियो वडा अध्यक्ष थापाले बताए ।
नदिले छेउमै रहेका २ बंगुर हास र २ टर्की समेत बगाएको वडा अध्यक्ष थापाले बताए । अत्याधिक बर्षाले सयौ रोपनी खेतियोग्य जमिन बगाएको छ । हिजो रातिको बर्षाले बुढिगंगा नदि छेउसाउका दर्जनौ बस्ति बिस्तापित भएका छन् ।
बर्षा हिजो राति देखी लगातार बरिरहेको छ, धेरै ठाउ क्षेति भएको कुरा आएको छ कहा कति के क्षेति भएको एकीन भएको छैन । प्रहरी पनि क्षेतिको बिबरण संकलनमा लागिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार