मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ३९३८ कोरोना संक्रमित निको भए, ९६२ ‘एक्टिभ केस’

सुदूरपश्चिमका ३९३८ कोरोना संक्रमित निको भए, ९६२ ‘एक्टिभ केस’

  • शनिबार, साउन २४, २०७७
सुदूरपश्चिमका ३९३८ कोरोना संक्रमित निको भए, ९६२ ‘एक्टिभ केस’

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शुक्रवार थप दुई सय ७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप दुई सय ७६ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

शुक्रवार कैलालीका दुई सय २२, अछामका ५३ र बैतडीका एक जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार नौँ सय ३८ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ९९, अछामका ६ सय नौँ, डोटीका पाँच सय ७०, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय चार र डडेल्धुराका दुई सय ८८ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस नौँ सय ६२ मात्रै रहेका छन्।

तर स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले भने ८ सय १३ मात्रै एक्टिभ केस रहेको जनाएको छ। सबैभन्दा बढि कैलालीमा दुई सय ३० रहेका छन्। बझाङमा एक सय ७४, डोटीमा एक सय ६२, अछाममा एक सय ८, कञ्चनपुरमा ६६, दार्चुलामा २५, बाजुरामा १९, बैतडीमा १६ र डडेल्धुरामा १३ एक्टिभ केस रहेको निर्देशनालयले जनाएको छ।

एक्टिभ केस मध्येका ७७ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २५, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा दुई/दुई जनाको उपचार भईरहेको छ।

बाँकी सक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै छन्। प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ सय ९ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार