शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, शुक्रबार ४६४ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, शुक्रबार ४६४ थपिए

  • शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, शुक्रबार ४६४ थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ।  शुक्रबार ४२५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार