शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा ९ महिने गर्भवतीमा देखियो कोरोना

धनगढीमा ९ महिने गर्भवतीमा देखियो कोरोना

  • शुक्रबार, साउन २३, २०७७
धनगढीमा ९ महिने गर्भवतीमा देखियो कोरोना

 धनगढीमा ९ महिने गर्भवतीमा कोरोना भाईरसको संक्रमण देखिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा उनमा संक्रमण देखिएको पुष्टि गरे। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले संक्रमण पुष्टि भएकी महिला ९ महिने गर्भवती रहेको बताए।

‘श्रीमानसहित भारतबाट आएर झण्डै १५ दिन होम क्वारेन्टिनमा बसेकी थिईन्। ९ महिना भईसकेकोले कोरोना परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएको छ।’ उपाध्ययले भने। उनका श्रीमानमा भने संक्रमण देखिएको छैन्। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय २८ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार