बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे हिमालीमा खोलाले बगाउँदा बालिका बेपत्ता

बाजुराकाे हिमालीमा खोलाले बगाउँदा बालिका बेपत्ता

  • शुक्रबार, साउन २३, २०७७
बाजुराकाे हिमालीमा खोलाले बगाउँदा बालिका बेपत्ता

बाजुरा — बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा खोलाले बगाउादा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा हिमाली  गाउँपालिका वडा न  ५ कवाडी बस्ने पाँच वर्षीया बालिका इशु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार घर नजिकैको धारामा पानी ल्याउन गएका बेला खोलामा बाढीले बगाएर बेपत्ता भएको प्रहरी निरीक्षक रोकायाले बताएका छन् ।
बेपत्ता भएकी बालिकाको विच्छ्या प्रहरी चौकीबाट टोली खटिएर खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता रोकायाको भनाई रहेको छ । अविरल वर्षाका कारण शुक्रबार विहान खोलामा आएको बाढीले बालिका बगाएर बेपत्ता पारेको प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार