बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढिनन्दामा लुकेको सम्पदा (फाेटाे फिचर)

बुढिनन्दामा लुकेको सम्पदा (फाेटाे फिचर)

  • शुक्रबार, साउन २३, २०७७
बुढिनन्दामा लुकेको सम्पदा (फाेटाे फिचर)
फाेटाे क्यापसन : सृष्टि रेग्मि / उपप्रमुख बुढिनन्दा नगरपालिका

सौन्दर्यको धनी बुढिनन्दा क्षेत्र रहेकाे छ । बाजुराको बुढिनन्दामा पर्ने बुढिनन्दामा बर्षको एकपटक जनै पुर्णिमाको दिनमा मात्र दर्शन गर्न जाने प्रचलन रहेको छ । दर्शन गर्न जाने तिर्थालुहरु त्यहाँ पुग्दा सबै दुख कष्ट समेत भुलिने गरेको बताउछन् । मागेको बरदान पुरा हुन्छ, भने बिश्वासले धार्मिक महिमा बढाएको छ ।

Image may contain: sky, outdoor and nature

प्राकृतिक रुपमा त्यसको बर्णन गर्न पनि नसकिने बुढिनन्दाका पुगेका नेकपा जिल्ला कमिटि सदस्य पुर रावतको भनाई रहेको छ । यो क्षेत्र धार्मीक तथा पर्यटकिय रुपमा निकै धनीका रुपमा रहेको छ । ‘लौठी बिनायक, खेतिबेती, बर माग्ने डाडो, गाई गोड, धौली गाड, धन भडार, छाप्रे पाटन, कयौ प्रजातिका रङ्गि बिरङ्ग फुलहरु, पशु पन्क्षि र आधा दर्जन भन्दा बढि तालहरु बुढिनन्दा क्षेत्रका मुख्य आर्कषकका रुपमा रहेका छन्’ ।

Image may contain: mountain, sky, outdoor, nature and water

प्राकृतिक सुन्दरताका उपहारले अनुपम झै लाग्ने बुढिनन्दाको बारेमा ब्यापक चर्चा चपिलरहँदा सो क्षेत्रमा सात वटा तालहरु रहेको खुल्न आएको छ । सदरमुकाम मार्तडी बाट ४ दिन पैदल पुग्ने यस क्षेत्रको सबै भन्दा ठुलो र उचाई रहेको बुढिनन्दा ताल रहेको छ ।

Image may contain: plant, mountain, tree, sky, outdoor, nature and water

अन्य कैलाशा ताल, राक्षस ताल लगातका सात वटा तालहरु रहेका छन् । त्यस क्षेत्रमा रहेको ठुलो बुढिनन्दा ताल ४ हजार ५ सय ८१ मिटर उचाई रहेको छ ।

Image may contain: mountain, sky, outdoor and nature

संसारको उच्च भागमा रहेको तिलिचो ताल भन्दा दोस्रोमा यो ताल हुन सक्ने बाजुरा बासीको रहेको छ । तर यसको अहिले सम्म कतै बाट पनि अध्ययन भने भएको छैन् । त्यस ताल वरीपरी परिक्रम गर्न एक घण्टा १५ मिनेट भन्दा बढि समय लाग्ने गरेको छ । यो ताल ठुला पहाडहरु बिचमा गोलो आकारमा रहेको छ । वरीपरी पुरै चट्टान चट्टान मात्र रहेका छन् ।

Image may contain: mountain, sky, cloud, outdoor, nature and water

अहिले साउनको महिनामा पनि डाडाहरुमा हिउ रहेको छ । ति डाडाहरु बाट पग्लेर आएको हिउ तालमा जम्मा हुने गरेको छ । त्यस्तै कैलाशा ताल र राक्षस ताल पनि परीक्रम गर्न आधा घण्टा भन्दा बढि समय लाग्ने गरेको छ । एउटा ताल बाट अर्को तालमा जान आधा घण्टा देखी ४ घण्टा सम्म लाग्ने गरेको छ ।

Image may contain: mountain, grass, outdoor and nature

१४ हजार फिट भन्दा माथि रहेको बुढिनन्दामा दर्जनौ हरियाली फाटहरु ढकम्क फुलेका फुलहरु हेर्दा मनै कहलिने गरेको छ । जादा बाटोमा होटलहरुको ब्यबस्था नभएपनि गोठालाहरुले दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्ने गर्दछन् ।

Image may contain: one or more people, sky, outdoor, nature and water

बर्षायाममा पनि बुढिनन्दामा सेत्तामे हिँउ समेत देख्न पाईने गरेको छ । अझै भन्नु पर्दा जडिबुटिको मुख्य भण्डारको रुपमा लिने गरेको नुरीका स्थानिय धन रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार