बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • साग गेममा पदक विजेता फेन्सीङग खेलाडी शाहीलाई स्वामीकार्तिक गाउपालिका द्वारा सम्मान

साग गेममा पदक विजेता फेन्सीङग खेलाडी शाहीलाई स्वामीकार्तिक गाउपालिका द्वारा सम्मान

  • शुक्रबार, साउन २३, २०७७
साग गेममा पदक विजेता फेन्सीङग खेलाडी शाहीलाई स्वामीकार्तिक गाउपालिका द्वारा सम्मान

नहकुल जोशी — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग गेममा कास्यपदक विजेता स्वामीकार्तिक खापर गाउपालिका वडा नं ३ का जलेन्द्रबहादुर शाहीलाई सम्मान गरेको छ । हाल त्रिभुवन आर्मीकलवमा आवद्ध भई १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फेन्सीङ्ग खेलमा कास्य पदक दिलाई गाउँपालिकाको शिर उचो बनाएको भन्दै आज एक कार्यक्रका विच सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले कदर पत्र हस्तान्त्रण गर्दै खेल र खेलकुद प्रतियोगितामा भाग लिई ब्यक्तिको मात्र नभई देश र स्थानिय तहको शिर ठाडो बनाएको भन्दै गाउँपालिकाले सम्मान गरेको बताउनुभयो । खेल स्वस्थ शरीर मनका लागि आवश्यक हुने र त्यसले ब्यक्तिको जीवनको गौरव बढाउने भन्दै फेन्सीङ्ग खेलाडी शाहीलाई सम्मान गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष शाहीले गाउपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गाउपालिकाको भुमिका धेरै ठुलो भए पनि त्यसमा आफूहरुले ध्यान दिन नसकेको र आगामी दिनमा खेलकुदका क्षेत्रमा विद्यालय तहदेखि ध्यान दिइ खेल क्षेत्रलाई अघि बढाउनेमा आफू प्रतिवद्ध भएको बताउनुभयो ।

सम्मान कार्यक्रममा उपाध्यक्ष मिमा बुढा, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया सहित कर्मचारी, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज आवद्ध ब्यक्ति पत्रकार लगाएतको अउपस्थिति रहेको थियो । गाउपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा खेलाडी शाहीलाई कदर पत्रका साथै खादा पहिरायर सम्मान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार