शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • बिहीबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

बिहीबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

  • बिहिबार, साउन २२, २०७७
बिहीबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार आज देशमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

बिहीबार जारी मौसम पूर्वानुमानमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको छ।

यसैगरी, दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार