शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे कथा)

बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे कथा)

  • मङ्लबार, साउन २०, २०७७
बडिमालिका : स्वर्गजस्तै सुन्दर (फाेटाे कथा)
फाेटाे क्यापसन : इन्द्र सिहं

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।

बडीमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ ।

बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ ।

मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार