शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पहिरो जाँदा ८ मजदुर वेपत्ता, एकजनाको जीवितै उद्धार

पहिरो जाँदा ८ मजदुर वेपत्ता, एकजनाको जीवितै उद्धार

  • सोमवार, साउन १९, २०७७
पहिरो जाँदा ८ मजदुर वेपत्ता, एकजनाको जीवितै उद्धार

आइतबार राति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा पुरिएर आठजना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका एकजनालाई जीवितै उद्धार गरिएको छ भने आठजना वेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका वडा ११ मा राति परेको भिषण वर्षासँगै पहिरो झरेको हो। मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष रुद्र प्रसाद दुलालले पहिरोमा पुरिएको एकजनालाई प्रहरीले जीवितै उद्धार गरिएको जानकारी दिए।

उनी भारतीय नागरिक हुन्। नगरपालिकाले निर्माण गरिरहेको कभर्ड हल बनाउन बसेका उनीहरूलाई राति आएको पहिरोले बगाएको दुलालले बताए।

चर्चामा

सम्बन्धित समाचार