बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रसेवक कर्मचारी वचत तथा ऋण सहकारीको पुँजी १ करोड नाघ्यो

राष्ट्रसेवक कर्मचारी वचत तथा ऋण सहकारीको पुँजी १ करोड नाघ्यो

  • आइतवार, साउन १८, २०७७
राष्ट्रसेवक कर्मचारी वचत तथा ऋण सहकारीको पुँजी १ करोड नाघ्यो

बाजुरा —  बाजुरा जिल्ला स्थित राष्ट्रसेवक कर्मचारी वचत तथा ऋण सहकारीको पुँजी १ करोड नाघेकाे छ । निजामती कर्मचारीहरूद्धारा संचालीत साे सहकारीकाे पुजी  १ करोड नाघेकाे  हाे ।
नेपाल निजामती कर्मचारी संगठन बाजुरा अन्तरगत संचालित राष्ट्रसेवक वचतत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुरा को आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो स्थापनाकालको दस वर्षमा कुल कारोवार रकम एक करोड नाघेको सहकारी संस्थाका व्यवस्थापक नर वहादुर रावलले बताए । १ सय २४ जना शेयर सदस्य रहेको साे  सहकारीमा आर्थिक वर्ष २०७६/०७७ मा कुल कारोवार पुँजी एक करोड पाँच हजार पुगेको छ । जस मध्ये कुल सेयर पुँजी रकम रु १८ लाख ८० हजार कुल वचत संकलन रु ७६ लाख ८१,हजार अन्य आम्दानी रु ४ लाख ४४हजार  रहेको छ भने कुल ऋण लगानी रु ७३ लाख ३२ हजार र वैंक मौज्दात रु २३ लाख ७८ हजार जगेडा कोष रु २ लाख ९५ हजार रहेको सहकारी संस्थाका कम्प्युटर अपरेटर तथा लेखा सहायक धनकृष्ण वि.कले जानकारी दिए ।
कर्मचारीहरुको हकहित सँगै उनिहरुको आर्थिक पक्ष वलियो वनाउन तथा खाँचो पर्दा कर्मचारीहरुलाई पनि सजिलै, सस्तो र सुलभ व्याजदरमा ऋण उपलव्ध हुन सकोस र सवै कर्मचारीको वचत गर्ने वानीको विकास होस भन्ने उदेश्यले २०६७ सालमा वाजुराका राष्ट्रसेवक कर्मचारीहरुको पहिलो सहकारीको रुपमा उक्त सहकारी संस्थाको स्थापना भएको आधिकारिक ट्रेड युनियन वाजुराका अध्यक्ष धनवहादुर थापाले बताए। नेपाल निजामती कर्मचारी संगठनसँग आवद्ध राष्ट्रसेवक कर्मचारीहरुको छरिएर रहेको पुँजी संकलन गरी आफ्ना सदस्यहरुको आर्थिक हितका लागी देशैभरीका सवै जिल्लामा राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. स्थापना गरी संचालनमा ल्याईएको छ त्यसै अनुरुप बाजुरामा पनि शुरुवात गरिएको र हाल सम्म वचत तथा ऋणमा मात्रै सिमित रहेको सहकारीको कारोवार पुँजी १ करोड नाघेपछि लगानीको क्षेत्र विस्तार गर्दै सेवामुलक व्यापार तथा उत्पादनका क्षेत्रमा लगानी गर्ने गरी योजना वनाईरहेकोले अवका दिनमा सहकारीलाई थप प्रभावकारी ढङ्गले संचालन गर्न सवै स्थानिय तहमा सम्पर्क व्यक्ति र कार्यालय स्थापना गरी सहकारी गतिविधि संचालन गर्ने तयारी भै रहेको नेपाल निजामती कर्मचारी संगठन बाजुराका अध्यक्ष मिनप्रसाद जैशीले बताएका छन।
३६ जना कर्मचारीवाट शुरु भएको सहकारीमा हाल सम्म १ सय २४ जना शेयर सदस्य वनाउन सफल भएको र आफ्ना शेयर सदस्यहरुको हितका लागि विभिन्न कार्य गर्दै आईरहेको सहकारीले वचत कर्ताहरुलाई नियमित वचतमा वार्षिक ६ प्रतिशत व्याज दिनुका साथै सरल र सुलभ तरीकाले संस्थाका शेयर सदस्यहरुको जमानीका आधारमा विना झण्झट वार्षिक १२ प्रतिशत व्याज दरमा ऋण लगानी गर्ने गरेको कुरा सहकारी अध्यक्ष शंकर प्रसाद उपाध्यायले बताए ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारीले बाजुरा जस्तो सानो जिल्लामा कर्मचारीहरुको स-सानो वचतवाट १ करोड वरावरको पुँजी निर्माण गर्नु आफैमा महत्वपुर्ण उपलव्धि हो भने वाजुरामा संचालन भएका उत्कृष्ट वचत तथा ऋण सहकारी मध्येको एक उपाध्यायले बताए ।  हाल सम्म वचत तथा ऋणको कारोवारमा सिमित भएको सहकारी पुँजीको वढोत्तरी सँगै अन्य विविध आर्थिक क्रियाकलापमा लगानी गरी आफ्ना शेयर सदस्यलाई आर्थिकरुपले मजवुत वनाउदै अन्य उपभोक्ता तथा बाजुरावासीलाई समेत सेवा पुग्ने गरी विभिन्न क्षेत्रमा पुँजीको परिचालन मार्फत सामाजिक उत्तरदायीत्व पनि पुरा गर्ने  गरी अगडी बढ्ने सहकारीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार