• होमपेज
  • कला /साहित्य
  • विष्णुका केही साइनाे

विष्णुका केही साइनाे

  • आइतवार, साउन १८, २०७७
विष्णुका केही साइनाे

मेरो रगत जमेछ
बिरोधाग्नी दन्किएछ
तापको प्रसार तेजिलो !!!
*
बाँस बनेर हेर्छु
चढाउँछु आफुमाथी
हरियो छु अझै जल्दिन ।
**
म अर्थमा हराएँ
बोलीको बाढिमा बगेँ
चिप्लोमा लोटाउन आयो
**
बढ्ने बिरुवा हो र ?
सोचको घेरो साँघुरो
पोखरी नछाड माछा ज्यु !
*
नजिक देख्यौ सबै
पोल्न सक्छ है आगोले
बाफै भए पनि पानी हो !!!
*
पुरै बैधानिक छ
पानीमा आगो लगाउ
शहर सपना देख्दैछ ।
**
बिउँझे हुनेथियो
सपनाको नाटक छ
मुछेर आफैँ सिकायत ।
**
गुमाउन मजा छ
कसैलाई त आनन्द
संग्रहालय भएनछु ।
**
लैजानु फकाएर
रुवाइ त दैव लान्छ
अवरोध किन देखेको ?
– विष्णु पादुका, कोहलपुर -४ ,बाँके ।

चर्चामा

सम्बन्धित समाचार