बुधबार, अशोज ७, २०७७
  • होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका, बुढिनन्दा लगायतका बाजुराका धाममा पुजा सुरु

बडिमालिका, बुढिनन्दा लगायतका बाजुराका धाममा पुजा सुरु

  • आइतवार, साउन १८, २०७७
बडिमालिका, बुढिनन्दा लगायतका बाजुराका धाममा पुजा सुरु

बाजुरा — बाजुरा जिल्लाका ठुला धाम बडिमालिका बुढिनन्दा कालाजग्रा लगायतका धाममा बिहानै देखी पुजा गर्नेहरुको घुइचोँ लागेको छ । जिल्लाकै प्रशिन्द्ध धार्मीक पिठहरुमा पुजा लाग्ने गर्दछ । साउन शुक्ल चतुरदशीको दिन बाजुरा जिल्लाका प्रमुख धाम बडिमालिका बुढीनन्दा कालाजग्रा लगायतका धामहरुमा पुजा लाग्ने गर्दछ ।
बडिमालिका बुढीनन्दामा हजारौ भक्तजन यतिबेला पुजा गर्न लाइनमा बसिरहेका छन भने केहीले बडिमालिका र बुढिनन्दाको दर्सन तथा पुजा गरी फर्किने क्रम रहेको छ । ४ दिनको लामो पैदल दुरी पछि बडिमालिका र बुढिनन्दा पुग्ने गर्दछन ।
अघिल्लो बर्षहरु जस्तै यो बर्ष भने बडिमालिका र बुढिनन्दा जानेहरुको सख्यामा कमि भएको छ । कोरोना भाइरसका कारण धेरै जसो श्रदालु भक्तजन नगएको अनुमान गर्न सकिन्छ । साथै यो बर्ष धेरै टाढा भारत र छिमेकी जिल्लाबाट पनी कमै मात्रामा श्रद्धालु भक्तजन आएको अनुमान गरिएको छ । लकडाउनका कारण यातायत नचल्दा जिल्ला बाहिरबाट यात्रुहरु आउन नसकेको अबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार