शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सहयोग को लागि जुट्दै”इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी”

सहयोग को लागि जुट्दै”इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी”

  • शनिबार, साउन १७, २०७७
सहयोग को लागि जुट्दै”इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी”

बाजुरा — जुम्लाको दुर्गम गाउँ “सर्मि” स्थिति दृस्टीविहिन अन्तरजातीय बिवाह गरेका”मानबहादुर कुवर र गोरिकला सुनार” दाम्पत्यकाे  सहयोगको लागि जुट्ने भएकाे छ ।”इन्जिनियर एण्ड नर्स रिभोलुस्नरी सोसाइटी”ले जातियताको कारण र असक्तताका कारण समाजबाट अपहेलना भई समाजमा बस्न गार्हो भएकाले उनिहरु गाउँ गाउँ गित गाउदै जिविकोपार्जन गरिररहेका छन् भन्ने जानकारी पाए संगै साेसाइटी सहयाेगका लागी जुटेकाे साेसाइटीका एडमीन बिरेन्द्र रावलले जानकारी दिएका छन ।

आज हामी यश ग्रुपका सबै साथिहरुको सामाजिक संजालहरुले राखेको केही  समाचार प्रति ध्यान आकर्षण भएको छ।जुम्लाको दुर्गम गाउँ “सर्मि” स्थिति दृस्टीविहिन अन्तरजातीय बिवाह गरेका”मानबहादुर कुवर र गोरिकला सुनार” दाम्पत्यलाई जातियताको कारण र असक्तताका कारण समाजबाट अपहेलना भएकाे खवरले हाम्राे ध्यान साे परिवारमा गएकाे छ । एडमीन रावलले बताए । समाजमा बस्न गार्हो भएकाले उनिहरु गाउँ गाउँ गित गाउदै जिविकोपार्जन गरिररहेका छन्।साथिहरु हामिले भर्खरै उता सम्पर्क गर्यौ..उनिहरुकोमा खाने पानी,सौचालय, खाने कुरा र बस्ने बाँस सबैको लागि गार्‍हो रहेछ उनिहरु गाँउबाट टाढा रहेका छन्।थोपा थोपा मिलेर नै समुन्द्र बन्ने भएकाले हामिले चाडै उनिहरुको केही आधारभुत आवश्यकताका लागि लाग्ने रावलले बताएका छन् ।

सबैको सानो सहयोगबाट उहाहरुको छाक टर्न सक्छ हरेक दिन संकलन भएको सहयोग दुई/दुई दिनमा हामी ENRS कोofficially ग्रुपबाट जानकारि गराउनेछौ सबैले सहयाेग गर्न अाग्रह समेत गरेका छन ।  यश महिनाको अन्तिम सम्म के कति सहयोग संकलन हुन्छ त्यो सहयोग हामिले सबैमाझ देखाई यस महिनाको अन्तिममा हस्तान्तरण गर्ने निधो गरेका छौ एढमीन रावलले बताएका छन । धेरै साथिहरुले ग्रुपद्वारा केहि सामाजिक कार्य गरेको भए राम्रो हुने थियो भनेकाले पनि हामिलाई हौसला मिलेकाेले साे अभियानमा लागेकाे उनकाे भनाइ रहेकाे छ । सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा पनी राखेकाे साेसाइटीले जनाएकाे छ । सहयाेगका लागि सागर न्याैपानेकाे माछापुच्छ्रे बैंक लिमिटेड ,थापाथलीमा रहेकाे खाता नं:25-40-524-218935-01-8 मा जम्मा गर्न समेत साेसाइटीले अपिल गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार