शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

  • शनिबार, साउन १७, २०७७
रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिको मोतिपुरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन् । जसमा १ जना महिला पनि रहेकी छन् । रुपन्देहीका प्रहरी प्रहरी प्रवक्ता खड्कबहादुुर खत्रीले प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको बताए । उनले पक्राउ परेकाहरुको दर्जा पनि सोधखोज भइरहेको रातोापटीलाई जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार