बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • विपन्नलाई खाद्यान्न सहयोग गर्दै युवा समाजसेवी अभिषेक

विपन्नलाई खाद्यान्न सहयोग गर्दै युवा समाजसेवी अभिषेक

  • शनिबार, साउन १७, २०७७
विपन्नलाई खाद्यान्न सहयोग गर्दै युवा समाजसेवी अभिषेक

बाजुराको बुढिगंगा नगरपालिका -१० का समाजसेवी युवा अभिषेक लोक नाथ यति बेला विपन्नलाइ सहयाेगमा जुटिरहेका छन् । विपन्न परिवारलाइ थाेरै भएपनि खाद्यान्न सहयाेग गरिरहेका छन् ।

अभिषेकले बुढिगंगा नगरपालिका -१० बदेडा दलित टोल लगायत गाँउमा खाद्यान्न सहयोग गरेका छन् । उनले एकल महिला सरु सार्की, कुष्मा बिक, सरु बिक, किर्मुली बिक लाइ खाद्यान्न सहयोग गरेका छन् । त्यस्तै आर्थिक स्थिती कमजोर भएका महिला उज्जला बिक र वडा न. १० कै देउमान्डु का कर्न गिरीलाइ सहयाेग गरेका छन् । साेही वडाकाे देउमान्डु दलित टोल का राम नेपाली, दिपा लुहार गङ्गा नेपाली लाइ सहयाेग गरेकाे अभिषेकले बडिमालीका खबरलाइ वताएका छन्  ।

अभिषेकले १ जना लाई २५ केजि चामल,  नुन, तेल, तरकारी र दाल सहयाेग गरेका छन् । उनकाे सहयाेग बाट केही समयमा लागि खान पुगेकाे सहयाेग पाएकि सरु विकले वताएकि छन् । स‌ंकटकाे बेला सहयाेगले परिवारकाे पिडामा मलम लाउने काम भएकाे सरुले वताइन् । नाथ रा. प्रजातान्त्रिक बिद्यार्थी संगठन कैलाली जिल्ला अध्यक्ष, सुदुरपश्चिम फाउन्डेसन सदस्य रहेका छन् । उनि लामाे समय सम्म धनगढिमा समाजसेवा गर्दै आएका थीए । लकडाउन बेला भने उनि जन्मभुमिमा आएर सेवामा लागेका हुन् ।

नाथ यस महामारीले गर्दा जिविकोपार्जन गर्न असक्षम भएकाहरुलाई खाद्यान्न सहयोग गर्न जुटदा स्थानियले उनकाे प्रशंसा गरेका छन् । नाथ भन्छन् आफ्नो क्षेत्रमा समस्यामा परेका मानिसहरुलाई खाद्यान्न सहयोगमा अझै लागिरहने बताँउछन् । कोरोना महामारी शुरु भएपछि कयौं विपन्नले भोकका कारण पनि ज्यान गुमाउनु परेकाले आफुहरुले त्यस्ता असहाय गरिबहरुको सहयोगका लागि सहयोगको अभियान चलाएको नाथले बताएका छन ।

सबै मानिसको सानो सयहोगले पनि गरिबहरुका लागि ठूलो सहयोग हुने भएकाले आफुसकेको सहयोग गर्न उनले मानिसहरुलाई आग्रह गरेका छन । आफुसँग जोडिएर यस अभियानमा सहयोग गर्न ईच्छुक भएकाहरुलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार