बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा २६ जनामा कोरोना पुष्टि

  • शुक्रबार, साउन १६, २०७७
सुदूरपश्चिममा २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप–महानगरपालिकाका १६ जना सहित सुदूरपश्चिमका थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए। कैलालीको टीकापुर एक महिला र ६ पुरुष गरी सात जनामा पनि कोरोना पुष्टि भएको उनले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ।

आज २६ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।  यस्तै डोटीका सात सय ६७, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय २६, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ८५, बझाङका एक सय ८४ र दार्चुलाका २२ जनामा संक्रमण पुष्टि भएको हो।

चर्चामा

सम्बन्धित समाचार