शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कजाउँछ धनी पशु सरी परदेशमा

कजाउँछ धनी पशु सरी परदेशमा

  • शुक्रबार, साउन १६, २०७७
कजाउँछ धनी पशु सरी परदेशमा

कजाउँछ धनी पशु सरी परदेशमा,
खानलाई मात्र पेट भरी परदेशमा।

हाम्रो देशका श्रमजिविहरु लाई नै,
कजाउँछ उस्कै मनपरी परदेशमा।

ज्याला थोरै तर काम तुच्छ हुन्छन,
गर्नैपर्छ तै पनि खरखरी परदेशमा।

बस्नुछैन जनम भूमीमा हामी लाई,
जस्तै उड्छन ताल चरी परदेशमा।

के पायौँ भन पुष्तौँ पुस्ता बिताएर,
सदै अर्काको सेवा गरी परदेशमा।

अबत नजानु कोई देश छाडि कतै,
बाँच्नलाई मर्न घरी घरी परदेशमा।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार