शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ३००८ संक्रमित निको भएर घर फर्किए

सुदूरपश्चिमका ३००८ संक्रमित निको भएर घर फर्किए

  • शुक्रबार, साउन १६, २०७७
सुदूरपश्चिमका ३००८ संक्रमित निको भएर घर फर्किए

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप ३५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरका ३२, डोटकिा दुई र कैलालीका एक जना गरी ३५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार ८ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४१, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८१, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

बाजुरा दुई सय ५३ , बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार तीन सय ९४ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। नौँ जनाको भने मृत्यु भईसकेको छ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुईरदुई जना गरी ५३ जनाको उपचार भईरहेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार चार सय ११ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार