शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • २४ घन्टामा २२७ जना कोरोना संक्रमणमुक्त

२४ घन्टामा २२७ जना कोरोना संक्रमणमुक्त

  • बिहिबार, साउन १५, २०७७
२४ घन्टामा २२७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ सय २७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १४ हजार  २ सय ४८ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा  ६ हजार ३ सय ४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। हाल १३ हजार २ सय १ जना हाल क्वारेन्टाइनमा छन्। आइसोलेसनमा  ५ हजार २ सय २७ जना रहेका छन्  हालसम्म नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– ८२९
प्रदेश २– ३०७५
बागमती  प्रदेश– ५२४
गण्डकी प्रदेश– १२३०
प्रदेश ५– ३९१८
कर्णाली प्रदेश–१६९९
सुदूरपश्चिम प्रदेश– २९७७

चर्चामा

सम्बन्धित समाचार