शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • ‘मेस्सी सन् २०२२ मा कतारमा हुनेछन्’

‘मेस्सी सन् २०२२ मा कतारमा हुनेछन्’

  • बुधबार, साउन १४, २०७७
‘मेस्सी सन् २०२२ मा कतारमा हुनेछन्’

 स्पेनिस लिजेण्ड जाभीले आफ्ना पूर्वसहकर्मी लियोनल मेस्सी २०२२ मा आयोजना हुने कतार विश्वकपमा सहभागी हुनेमा कुनै शंका नरहेको बताएका छन् । स्पेनिस मिडिया ‘मार्का’सँगको अन्तर्वार्ताका क्रममा बार्सिलोनाका पूर्वखेलाडी जाभीले मेस्सी कतार विश्वकपमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

कतारी क्लब अल सादका प्रशिक्षक जाभी हाल कोरोना संक्रमण भइ उपचाररत छन् । ४० वर्षीय जाभी पछिल्लो समय प्रशिक्षकको रूपमा पूर्वक्लब बार्सिलोना फर्किने चर्चा छ । बार्सिलोनामा १७ वर्ष बिताएका जाभीले मेस्सीसँग ११ वर्ष एक साथ क्याप नोउबाट खेलेका थिए ।

अन्तर्वार्तामा जाभीलाई मेस्सीले साढे ३५ वर्षको उमेरमा कतार विश्वकपमा सहभागिता जनाउलान् भन्ने प्रश्न गरिएको थियो । जसको उत्तर दिँदै जाभीले भने, ‘मलाई लाग्छ, लियो (मेस्सी) ले उनको चाहनाअनुसार खेल्छन् । शारीरिक स्तरको कुरा गर्दा उनी छिटा छन्, बलिया छन् र प्रतिस्पर्धीका लागि जनावर जस्तै छन् । मेरो विचारमा उनी २०२२ मा कतारमा हुनेछन् । यसमा कुनै शंका छैन ।’

चर्चामा

सम्बन्धित समाचार