शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • मेस्सीको चाहना : सेटिनको स्थानमा बिल्सा

मेस्सीको चाहना : सेटिनको स्थानमा बिल्सा

  • बुधबार, साउन १४, २०७७
मेस्सीको चाहना : सेटिनको स्थानमा बिल्सा

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबको प्रशिक्षकमा लिड्स युनाइटेडका प्रशिक्षक मार्सेलो बिल्सालाई ल्याउन चाहेको बताइएको छ ।बेलायती सञ्चारमाध्यम ‘द सन’का अनुसार मेस्सीले प्रशिक्षक क्वीक सेटिनको स्थानमा अर्जेन्टिनाका पूर्वप्रशिक्षक बिल्सालाई ल्याउन चाहेका छन् ।

पछिल्लो समय मेस्सीलगायत बार्सिलोनाका खेलाडी र प्रशिक्षक सेटिनबीच तालमेल नमिलेको चर्चा छ । ला लिगाको उपाधि प्रतिद्वन्द्वी रियल मड्रिडलाई सुम्पिनु परेपछि क्लबका खेलाडी र बार्सिलोनाका बोर्ड मेम्बर नै सेटिनको खेल रणनीतिसँग असन्तुष्ठ रहेको बताइन्छ । अझ, क्लबले त च्याम्पियन्स लिगमा पनि यस्तै प्रकारको प्रदर्शन कायम रहेमा बर्खास्त गर्ने संकेत गरिसकेको छ । गत जनवरीमा बार्सिलोनाले अर्नेस्टो भाल्भेर्डेलाई पनि बर्खास्त गर्दै सेटिनलाई ल्याएको थियो । तर, मेस्सीले भने उनको स्थानमा अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा लिड्सको नेतृत्त्व गरिरहेका बिल्सालाई ल्याउन चाहेको बताइन्छ । खबरका अनुसार मेस्सीले यसै समरमा बिल्सालाई सेटिनको स्थानमा ल्याउन चाहेका छन् ।

६५ वर्षीय बिल्साले ६ वर्ष राष्ट्रिय टोलीको प्रशिक्षण गराएका थिए । सन् १९९८ देखि २००४ सम्म अर्जेन्टिनी टोली प्रशिक्षण गराएका बिल्सा २०१८ यता इंग्लिस क्लब लिड्सको नेतृत्त्व गरिरहेका छन् । बिल्साले त्यसबाहेक स्पान्योल, एथ्लेटिक बिल्बाओ, मार्सेइली, लाजियो र लिलेलगायत टोलीको पनि नेतृत्त्व गरेका छन् । त्यसबाहेक उनले चिलियन टोलीलाई समेत प्रशिक्षण गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार