बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • फुटबल
  • बार्सिलोना छाडेपछि मेस्सी इन्टर जाने चर्चा

बार्सिलोना छाडेपछि मेस्सी इन्टर जाने चर्चा

  • सोमवार, साउन १२, २०७७
बार्सिलोना छाडेपछि मेस्सी इन्टर जाने चर्चा

एजेन्सी – डेढ दशक भन्दा लामो व्यवसायिक खेल जीवनमा लियोन मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबका खेलेका छैनन् । तर त्यो अब परिवर्तन हुने सम्भावना देखिएको छ । मेस्सीले आफ्नो खेल जीवनमा अर्को क्लबको बाटो रोज्छन् वा रोज्दैनन् भन्ने नै बेला बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले फेरि मेस्सीले स्पेन छाडेर इटाली जाने सम्भावनाका विषयमा चर्चा सुरु भएको छ । क्लबसँग सम्झौता नवीकरण गर्ने छलफल रोकेका मेस्सीको भविष्यबारे प्रष्ट केहि आएको छैन । बार्सिलोनाले भने मेस्सी क्लबमै रहने बताउँदै आएको छ ।

इन्टर मिलानले मेस्सीलाई भित्राउने विषयमा छलफल गरिरहेको बताइएको छ । उनीसँग सम्झौता गर्ने विषयमा इन्टरले अन्तरिक तयारी अघि बढाइरहेको विश्वास गरिएको छ । कप्तानको जिम्मेवारी समेत निर्वाह गरिरहेका मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ रहेको छ ।

अर्को सिजन रातो निलो जर्सी छाडेर निलो र कालो जर्सी लगाउनका लागि मेस्सी तयार हुन्छन् भन्ने इन्टरको दाबी छ । ला गजेटा डेलोले इन्टरका चिनिया मालिक मेस्सीलाई भित्राउनेमा दृढ रहेको उल्लेख गरिएको छ । इन्टरले मेस्सीलाई भित्राउनका लागि त्यहि अनुरुपका तयारी पनि गरेको दाबी सञ्चारमाध्यमले गरिरहेका छन् ।  व्यापारका लागि मेस्सीका पिता जर्ज मेस्सी इटाली जान लागेको भनिएपनि त्यसलाई उनको छोराको सरुवासँग पनि जोडेर हेरिएको छ । मेस्सीका पिताले मिलानमा घर समेत किनिसकेको चर्चा चलेको छ । युभेन्ट्सले जसरी दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोसँग सम्झौता गरेको थियो, त्यसरी नै मेस्सीसँगको सम्झौत पनि सफल हुनेमा इन्टर विश्वस्त देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार