बहादुर!जाउ बजार बाट समान लिएर आउ,भन्दै एउटा प्रचिमा केहि समान लेखेर दिन्छ।बिरे ले केहि मैना देखि यो मिलमा चौकिदारी गर्थे।परिवार सँगै भयकोले तलब थोरै भएपनि बस्ने क्वाटरपनि छ भन्दै उनैका एकजना आफन्ति पर्नेले यँहा नोकरी लगाएका हुँन।
भर्खर खान खाएर एकछिन आराम गर्दै थियो।डिप्टी ता रातिको भयपनि मिल भित्रै बस्ने क्वटर भयकोले दिउसोमा पनि कैले कसो काम अह्राउँथ्यो।नाई भन्नपनि गारो मनले नमानेपनि काम गर्दिन्थे।परिवार सहित मिलमै बस्थे स्वस्नी सुत्केरी भयको मैना दिन पुगेको थिएन अँझै,त्यसैले घरको अलि भारी कामपनि बिरेले गर्थे।परदेशमा परिवारको देख रेख आफुले नगरेर कस्ले गर्थ्यो?यहाँ मिलको मालिक कहिले कसो आउँथ्यो।मिल मनिजरको रेख देखमा चलेको थियो मनीजर मालिककै नजिकको नातेदार भएकोले सबै काम उसैले सम्हालेको थियो।
बिरे नसाको आदि ता होईन तर सानै देखि जाँड रक्सि पिएकोले प्रायजसो दुबै जना-जोई पोईले नै खान्थे।उनिहरु पेसाले दलित जातका भएकोले पनि जाँड रक्सि खानु आफ्नो शान सम्झिन्दे।मनिजरलाई उनिहरुको बानी ब्यबहारको भनक भएपछि एक दुइ पटक त हप्काएको पनि रैछ तर पछि मनिजर आफैले पनि एकाद पौवा कलिले कसो दिने गर्थ्यो।
गेटको नजिकै उनिहरुको क्वाटर भएकोले बाहिर भीत्र गर्दा क्वाटरमा यसो नजरले घुर्ने अनि पुनीलाई देखेपछि खिसिक्क हाँस्ने पुनि पनी उस्को जवाफमा हास्दिरैछ।बच्चालाई दुध पिलाउँने बेलापनि कोखे नजर ले छाति तिर हेर्ने गर्थ्यो।पुनि लाई उस्को नियतको बारेमा थाहा भैन ,मात्रै मनिजर साहिब भनेर मन राख्न भयपनि हाँस्दिरैछ।बिरेलाई पनि कहिले कसो एउटा रक्सिको पौवा दिँदो रैछ उस्लेपनि आफुले काम गरेको वाफत खुसिले दिएहोला भनेर वास्ता गरेन।
आज बिरे लाई बजार पठाएपछि लेबरहरु लाईपनि छुट्टि गर्दियो पाँच बज्दा नबज्दै मिल बाट सबै बाहिर गए। अब त्यँहा त्यहि मनिजर र पुनि बाहेक त्यो बिस बाईस दिनको बच्चा थियो।मनिजर पुनिको कोठा भित्र पस्यो अनि बच्चाको टाउकामा हात फेर्दै आहा कति शुन्दर बच्चा भन्यो।अनि पुनि खिसिक्क हाँसी उस्ले पुनिको गालामा पनि उस्तै हात फेर्दै कति मोटाएकी भन्दै गर्दा पुनि अलि अक्मकाई,पुनिलाई उस्को ब्यबहारमा सङ्का लाग्न थाल्यो।उ बसेको ठाउँ बाट उठेर बच्चा काखमा उचाली।मनिजरले आफ्नो बटुवा बाट एक सए रुपिया निकालेर उस्लाई दिन खोज्छ तर उस्ले छोप्दैने त्यो पैसा आफ्नै खोल्टिमा राखेर। जबर्न पुनिलाई अँगालोमा बेर्छ उ चिच्चाएपनि कसैले सुन्दैनन।अनि बिस बाईस दिनकी सुत्केरी सँग पुशुतुल्य ब्याक्तिले आफ्नो हवश पुरा गर्छ।झमक्कै साँझ परिसकेको थियो एकलास्टमा भएको मिल बाटोमै भयपनि कता कति सवारी साधन आउँने जाने गर्थे।
एक छिन पछि बिरे समान लिएर बजार बाट आउँछ!
आउँदा गेट बहीरको खुल्लै थियो साहिद मनिजर कतै गाडि लिएर गयोहोला,भित्रपनि क्वटरमा बत्ति बालेकि छैन।लाईट पनि नबालेर अँध्यारोमा बसेकिछस?भन्दै बिरे भित्र पस्छ र लाईट बाल्छ।पुनि सेखोर सेखोर गर्दै रोईकि हुँन्छे बच्चा काखमा सुताएर छातिमा लगाएकि छ।के भयो?किन रुन्छस?भन्दै बिरे डराउँछ कतै बच्चालाईपो केहि भयोकि भनेर!पछि उस्ले आफु सँग घटेको घटना सबिस्तार भन्छे।उनिहरु त्यँहा बाट निस्किन्छन बजारमा आफ्नो आफन्तिकहाँ आउँछन र त्यँहि बस्छन।त्यो घटनाको बारेमा बिरेले भन्छ।आफन्तिले नेपाली एकता समाजमा निवेदन दिन अह्राउँछ।
उक्त घटनाको जानकारी पाउँदा साथ नेपाली एकताका साथिहरु ले पुलिसमा रिपोर्ट लेखाउँछन तर एफ आई आर दर्ता गर्न पुलिस ले मान्दैन।एउटा नेपाली लाई मालिकले किनेर समाजलाई फोर्न खोज्छ।घटनाले बिशाल रुपलिन पुग्छ,कयौँलाई धनीहरुको इसारामा आतङ्कित पर्ने काम हुन्छ।भोली पल्ट नेपाली एकताको पहलमा तमाम नेपालीहरु जुलुस सहित ठानालाई घेराव गर्छन।पत्रकार चैनलहरु सहित बिध्यायकको दप्थर मा पुग्छन र पुलिसले तुरुन्तै एफ आई आर दर्ज गर्छ पुनिको मेडिकल गराउँछ।अनि उस्लाई छोपेर झेलमा हाल्छ।
मालिकको लाख कोसिशको बावजुद उस्को नातेदारलाई झेलभित्र कोच्न सफल हुँन्छन। (कथा का पात्र हरुको नाम काल्पनिक हो।जस्बाट कसै )को नाम सँग मिल्न गयकोमा सञ्जोग मात्र हुँनेछ।