मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको लेकाली भेगका किसानको गहुँ खेतमै कुहियो

बाजुराको लेकाली भेगका किसानको गहुँ खेतमै कुहियो

  • आइतवार, साउन ११, २०७७
बाजुराको लेकाली भेगका किसानको गहुँ खेतमै कुहियो

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लाको उच्च लेकाली भेगका किसानले यस बर्ष गहुँबाली भित्राउन पाएका छैनन । बाजुरा जिल्लाको हिमाली गाउँपालिका र स्वामीार्तिक खापर गाउँपालिकाका किसानहरुले लगाएको गहुँबाली खेतमै कुहिएको छ । निरन्तर पानीका कारण गहुँबाली भित्राउन समस्या भएको स्थानीयले बताएका छन ।
हिमाली गाउँपालीका वडा न २ का किसानको गहुँ बर्षाका कारण भित्त्राउन नपाउदा खेतमै कु्हीएको हिमाली गाउँपालिका वडा न २ का वडाअध्यक्ष धनजित बुढाले बताए । भखर गहुँ काट्ने समय आएको थियो निरन्तरको बर्षाका कारण गहुँ सबै खेतमै झरिसकेकोले खाध्य संकट निम्तीने वडाअध्यक्ष बुढाले बताए । हिमाली गाउँपालिका वडा न २ मा २ सय ९ परिवार रहेका छन उनिहरुको गहुँ खेतमै कुहिन थालेपछी भोकमरी हुने समस्याले चिन्तीत भएको वडाअध्यक्ष बुढाको भनाइ रहेको छ ।
गहुँबाली खेतमा बोटैमै उम्रिन थालेपछी किसानहरु चिन्तीत भएका छन । त्यसै गरि बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ र १ का किसानहरुको पनी त्यही समस्या भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ र ३ मा रहेको उच्च लेकाली क्षेत्रममा लगाएको गहुँ बाली पनी खेतमै कुहिन थालेको स्थानीय निमेन्द्र शाहीले बताएका छन । स्वामीकार्तिक खापर गाउँपालिकाको सुनन्दा, छिपागाड, जोरु लगायतका क्षेत्रमा लगाएको खेतममा पाकी सकेकोे गहुँबाली खेतमै कुहीन थालेकको शाहीले बताए ।
हिमाली गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकाको उच्च लेकाली भेगमा बर्षमा १ बाली मात्र लगाउने गरेको किसानहरुले बताउने गरेका छन । यही भदौमा सो क्षेत्रमा गहुँबाली छर्ने र साउन भित्र्याउने गरेका छन अनिल शाहीले बताए । सो क्षेत्रमा १ बर्षमा एक बाली मात्र फल्ने गरेको उनले बताए

चर्चामा

सम्बन्धित समाचार